२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बालिकालाई अपहरण गर्ने पाँचखालका मंगलेलाई प्रहरीले झ्याप


३२६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र ९, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,पाँचखाल ।बालिकालाई अपहरण गरी शरिर बन्धकमा लिई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको पाँखाल नगरपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका स्थित अनैकोटका ३३ वर्षीय मंगले तामाङ रहेका छन् ।

    तामाङले जिल्लाकी एक सुस्त मनस्थिती भएकी बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तामाङले बालिकालाई  जिल्लाको बनेपा नगरपालिका क्षेत्र हुँदै छिमेकी राष्ट्र भारतको दार्जलिङ्गसम्म लगी शारिरिक तथा मानसिक रुपमा कमजोर सुस्त मनस्थितीकी बालिकालाई अपहरण गरी शरिर बन्धकमा लिई जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी अधिकृत सहितको विशेष प्रहरी टोलीले विभिन्न प्रहरी कार्यालयको सहयोगमा उक्त बालिकालाई २०७८ चैत्र ०६ गते ईलाम जिल्लाको पशुपतीनगर क्षेत्रबाट शकुशल उद्दार गरेका थियो ।

    शरिर बन्धक सम्बन्धी कसूर र करणी सम्बन्धी कसूर अपराध शिर्षकमा तामाङलाई कानून बमोजिम पक्राउ गरी कारवाही गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा आएको जाहेरी दरखास्त उपर चैत्र ८ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई निज प्रतिवादी उपर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु