काभ्रे,मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिकाका मेयर टोकवहादुर वाईवाले नगरवासिलाई निरोगि बनाउनु जनप्रतीनिधीहरुको दायित्व भएको बताउनु भयो ।
मण्डनदेउपुर नगरपालिका कोभिड अस्पतालमा मेडिकल अधिकृत करार नियुक्ति भई सेवा दिदै आउनु भएका डा. शिशिर बन्जारालाई विधाई गर्ने क्रममा मेयर वाईवाले उक्त धारणा राख्नुभएको हो ।
बिधाई कार्यक्रममा नगरका मेयर वाईवाले कोभिडको महामारिमा नगरवासिहरुको स्वास्थ्य सुधारको लागि ठुलो योगदान पुर्याउनु भएका डा.बन्जारालाई धन्यबाद दिदै आगामी दिनहरुमा समेत सहयोग गर्न अनुरोध गर्नुभयो । स्वास्थ्य समस्या भएकोले उपचारका लागि राजीनामा दिनुभएका बन्जाराको सिघ्रस्वास्थ्य लाभको कामना गर्दै उपचार सम्पन्न भएपश्चात पुन नगरमा आउनको लागि सुझाव दिनुभयो ।
बिधाई कार्यक्रममा डा.बन्जाराले भन्नुभयो—मण्डनदेउपुर नगरमा आएर काम गर्ने क्रममा मैले धेरै कुरा सिक्ने मौका पायें, नगरका मेयरले काम गर्ने क्रममा आफुलाई दिएको हौसला अविस्मरणिय छ । नगरवासिको स्वास्थ्यमा निकै सचेत हुदै मेयर वाईवाले अस्पताललाई आवश्यक पर्ने उपकरणका साथमा औषधिहरु तत्काल उपलब्ध गराउंदा उपचारमा सहज भयो । नगरवासिको हितको खातिर मेयरले गरेको उत्कृट कार्य आफ्नो लागि अबिस्मरणिय भएको डा.बन्जाराले बताउनु भयो । मेयर वाईवा र नगरका प्रमुख प्रशासकिय अधिकृत डा.लोक वहादुर लोप्चान बाट सहयोग हुंदा सहज ढंगबाट उपचार गर्ने मौका पाएको बताउनु भयो ।
नगरका शिक्षा शाखा अधिकृत (वि.नि) लोकेन्द्र बिष्टले संचालन गर्नुभएको बिधाई कार्यक्रममा नगरका सवै शाखाहरुका प्रतिनिधिहरु उपस्थित रहनु भएको थियो । डा.बन्जारा सवारी दुर्घटनामा परि गोडाको सल्यक्रिया गराउन लामो समय लाग्ने भएकोले राजिनामा दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस