काभ्रेमा तीन वर्षीय नाबालक छोरालाई निर्घात कुटपिट गर्ने बुबा र सौतिनी आमालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ०६ स्थित सि.एन. ईट्टा भट्टा उद्योगमा मजदुरी पेशा गर्दै आएका दाङ घोराही उपमहानगरपालिका वडा नं. १९का ३९ वर्षीय तिलक बुढा र उनका कान्छी श्रीमती उर्मिला बुढा रहेका छन् ।
उनीहरुले सुती रहेको वर्ष ३ को नावालाक छोरा विमल बुढालाई निर्घात कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार चैत्र ९ गते राती १०ः३० बजेको समयमा विमल बुढालाई सौतिनी आमाले सुताएको ओछ्यानमा दिशा पिसाब ग¥यो भनि लात्ती र मुक्काले निर्घात कुटपिट गर्नुको साथै उनका बुबाले समेत उनलाई लछार पछार पारी, सुती रहेको स्थानबाट टिपेर फ्याँकी सख्त घाईते बनाएको थियो ।
बुबा आमाको निर्घात कुटपिटबाट सख्त घाईते भएका बिमललाई स्थानीयहरुले उद्धार गरी उनको अहिले धुलिखेल अस्पतालमा भइरहेको छ । नाबालकमाथि निर्घात कुटपिट गर्ने बुबा आमामाथि कानुन बमोजिम कारवाही गरी पाउँ भनि घाईते नावालकको मामा तेज बहादुर घर्तिले ज्यान सम्बन्धी कसूर ज्यान मार्ने उद्योग शिर्षकमा चैत्र २९ गते गते जाहेरी दरखास्त गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार कुटपिट गर्ने बुबा तिलक बुढा र सौतिनी आमा उर्मिला बुढालाई कानुन बमोजिम पक्राउ गरी ज्यान मार्ने उद्योग शिर्षकमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस