२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पाँचखालमा ग्यास लिक भई आगलागी हुदा पसल ध्वस्त


४६३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख २, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे – काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–५ खावामा ग्यास सिलिण्डर लिक भई शुक्रबार बिहान करिब ३ बजे आगलागी हुदा कालिन्चोक अर्गानिक लस्सी एण्ड खाजा घर जलेर पुरै ध्वस्त भएको छ ।

    शुक्रबार बिहान पाँचखाल नगरपालिका–५ स्थित खावामा सुमित तामाङले संचालन गरेको खाजा घरमा ग्यास लिक भएर आगालगी हुदा खाजा घर पुर्ण रुपमा जलेर खरानी भएको छ। शुक्रबार बिहान तामाङको खाजा घरमा आगलागी हुदाँ तामाङ परिवार नयाँ वर्ष मनाउन खाजा घरनजीकै गाउँमा थिए ।तामाङले ग्यास डिलर, ग्यास लिने ठाउँमा ग्यास लिक भएको जानकारी बेला बेला गराउने गरेको तर अनुगमन नहुदा आज यो दुर्घटनाको सिकाहुनु परेको पीडा ब्यक्त गरे ।

    प्रहरी चौकि खावाका प्रमुख प्रहरी सहायक निरिक्षेक बिमल श्रेष्ठले आफुले करिब चार बजे जानकारी पाएको र जानकारी पाए लगत्तै धुलिखेल बाट दमकल बोलाई प्रहरी र दमकलको सहायताले आगो नियन्त्रण मा लिईएको र आगलागी बाट खाजा घरमा भएको सम्पुर्ण सामान जल्दा करिब तीन लाख भन्दा बढी को क्षेति भएको जानकारी दिनुभयो । ग्यास को कारण घट्ने घटना दिनानुदिन बढेको र अनुगमन कम भएको ले ग्यास कम्पनीको लापरबाहिले यस्तो घटना घटेको स्थानीयको भनाइ छ। घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु