२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पाँचखाल ५ मा उम्मेदवार छान्न सास्ती एमालेलाई


२९८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख ५, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, पाँचखाल । नेकपा एमाले पाँचखाल वडा नं ५ मा उम्मेदवार चएन गर्न निकै सास्ति भएको छ । सहमतीको लागि निकै प्रयास गरेपनि सहमति हुन नसक्दा पाँच जनाको नाम सिफारिस गरेर जिल्ला पठाईएको जानकारी प्राप्त भएको छ ।

    नगरमा सहमति जुट्न नसकेपछि पठाईएको ५ जना मध्य पार्टीले कसलाई पत्याउला भन्ने खुलदुली नेता तथा कार्यकर्ताहरूमा सर्वत्र चुलिएको छ । वडा कमिटीको पूर्ण बैठकले धिरज बानियाँ,सुशील राज गिरी,तोप प्रसाद सापकोटा ,सिताराम ढुङ्गाना ,विष्णु प्रसाद चौलागाई लाई सिफारिस गरेको हो ।

    जस मध्य सिताराम ढुङ्गाना नेकपा एमाले पाँचखालको गाबिसमा ०५४ को चुनावमा वडा अध्यक्षको जिम्मेवारी सम्हालि सकेका हुन । ढुंगाना २०७४ सालमा पनि वडा अध्यक्षको उम्मेदवार दिएकोमा झिनो मतान्तरमा पराजित भएका थिए । डुंगानाको नाम सिफारिस हुंदा एउटै व्यक्तिलाई पटक पटक अवसर दिएको भनि कार्यकर्ताहरुमा असन्तुष्टि भएको बुझिएको छ ।

    सुशील राज गिरि पनि वडा अध्यक्षको आकाङ्कक्षी हुन । उनी हाल प्रेस चौतारिको जिल्ला कमिटी सदस्य छन् । पार्टी हितको लागि निरन्तर अगाडी बढेका गिरी प्रष्ट बक्ता र सामाजिक अभियान्ताका रुपमा परिचित छन् । ०७४ सालको निर्वाचनमा पनि गिरीले चाहना राखेका थिए तर केन्द्रीय तथा जिल्ला नेतामा परिचित हुन नसकेकोले टिकट नपाएको तर टिकट पाए जित्न सक्ने एमाले भित्र चर्चा छ । त्यस्तै तोप प्रसाद सापकोटा पनि अध्यक्षका आकाङ्क्क्षी हुन् । उनी पनि पार्टीले पत्याए पछि नहट्ने बताउँछन । २०७४ को चुनाबमा वडा सदस्य जितेका सापकोटा पार्टीले जिम्मेवारी दिए कुनै हालतमा पछि नपर्ने बताउँछन् । उनी पार्टीले आफूलाई जिम्मेवारी दिए पनि अरू साथीलाई जिम्मेवारी दिए पनि नेकपा एमालेलाई कुनै हालतमा जिताउने दाबी गर्छन् ।

    त्यस्तै होटल ब्यबसाय समेत रहेका हालका वडा कमीटि सह ईन्चार्ज धिरज बानिया पनि पार्टीले जिम्मेवारी दिए कुनै हालतमा पछि नहट्ने बताउँछन् । पार्टीले योग्य उम्मेदवार छान्नु पर्ने उनको भनाई छ । उनी पाँचखाल ५ नं. वडामा नेकपा एमालेले जुनसुकै हालतमा जित्नुपर्ने बाध्यता रहेको बताउँछन् । उनको वडा अध्यक्षको उम्मेदवारमा दाबी छ । त्यस्तै युवा कमीटी जिल्ला सदस्य बिष्णु चौलागाई पार्टीले युवा उम्मेदवार उठाउनु पर्ने बताउँछन् । हाल शिक्षक पेसामा आबद्ध उनी टिकट पाए राजिनामा दिने र नपाए जसले पाए पनि पाँचखालमा एमालेलाई जिताउन कुनै कसुर नछाड्ने बताउँछन् । पार्टीले युवा उम्मेदवार उठाउनेमा चौलागाई विश्वस्त छन् । सर्ब सहमत उम्मेदवारको लागि भनेर एक चरण छलफल गरि २ जनाको नाम सिफारिस हुनै लाग्दा वडा कमिटी अध्यक्ष मदन ढुङ्गानाले सिताराम ढुङ्गानाको नाम समाबेस गर्न बखडा गरि ५ जना को नाम सिफारिस गरेको श्रोत बताउँछ ।

    पाँचखाल ५ मा नेताहरुको टिकटका लागि दौडधुप चलिरहेको छ । पाँचखाल पाँचमा युवा उम्मेदवार उठाउनु पर्ने एमाले कार्यकर्ताको माग छ । सिताराम ढुङ्गानाको नाम जिल्लामा सिफारिस भएता पनि उनको पुन ः अध्यक्षमा दोहोर्याउने चाहना नरहेको बुझिएको छ । दोस्रो पुस्ताका नेताहरु विष्णु प्रसाद चौलागाई, तोप प्रसाद सापकोटाको पनि पार्टीले जिम्मेवारी दिए नछाड्ने र आफू भन्दा योग्य उम्मेदवार आए अरुलाई नै सहयोग गर्ने बुझिएको छ । तेस्रो पुस्ताका नेताहरुमा भने स्ट्रोङ्ली दाबी रहदै आएको छ । नेकपा एमाले जिल्ला कमिटीले राम्रो छान्छ कि हाम्रो छान्छ भन्ने प्रश्न सहित जिल्ला कमीटीले हाम्रो छानेर पार्टी हारेमा त्यसको पुर्ण जिम्मेवार लिन्छ कि लिदैन भन्ने प्रश्न कार्यकर्ताहरुमा चर्चा चलेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु