स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा काभ्रे जिल्ला महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेको छ । अध्यक्ष जिम्बाले प्रयोग गर्दै आएको बा २ झ ३७८६ नम्बरको बोलेरो गाडीे फिर्ता गरेका हुन् ।
गाडीको चावी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुजन लामिछानेलाई हस्तान्तरण गर्दै आफूले निर्वाचन स्वच्छ र मर्यादित बनाउन गाडी फिर्ता गरेको उनले बताए ।
निर्वाचनका बेला सरकारी गाडीलाई दुरुपयोग हुनबाट बचाउँन आफूले यस्तो कदम चालेको उनले बताए । पार्टीले टिकट दिए फेरी चुनाव लड्ने सोच बनाएका उनले अब आफूले निजी सवारी साधान प्रयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस