काभ्रे,पाँचखाल । पाँचखाल नगरको स्थानिय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरु मध्य ३४ जना उम्मेदवारले आज (शुक्रबार) उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा उपमेयरको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका गणेश प्रसाद अधिकारी (नेपाली काँगे्रस पाँचखाल नगरपालिकाको नि—बर्तमान नगर सभापति) समेत ३४ जनाले फिर्ता लिएको निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
सत्ता साझेदारी दलहरुले स्थानिय निर्वाचनमा गठबन्धन गर्दै अगाडी बढ्ने निर्णय अनुसार गठबन्धन हुंदा पाँचखाल नगरपालिकामा मेयर नेपालि काँग्रस र उपमेयर नेकपा माओवादीको भागमा परेको थियो । नगरमा रहेक वडाहरु स्थानिय स्तरमै नेपाली काँगे्रस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादी विच छलबाट सहमतिको आधारमा मिलाएर अगाडी बढ्ने निस्कर्षमा पुगेको थियो ।
पार्टीको माथिल्लो निकायमा भएको सहमतिकै आधारमा वडाहरु बाँडफाँड गर्ने क्रममा नेकपा माओवादीको तर्फबाट उम्मेदवारी दिएको ५ वडाको (वडा नं ४,८,९,१० र ११ बाट (२५ जना) पुरै सेटले उम्मेदवारी फिर्ता लिएको जानकारी प्राप्त भएको छ । त्यसैगरी एकिकृत समाजबादीको तर्फबाट ३ जना सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका थिए । नेपाली काँगे्रसको तर्फबाट पाँचखाल वडा नं ६ मा एकिकृत समाजवादीलाई समर्थन गर्दै वडा अध्यक्ष सहितले उम्मेदवारी फिर्ता लिएको जानकारी प्राप्त भएको छ ।
छलफलको क्रममा नेकपा माओवादीले आफुहरुलाई तीन वडा छोड्नुपर्ने अडान राख्दै माओवादीको तर्फबाट ५ वडाहरु बाट उम्मेदवारी फिर्ता गराएको जानकारी प्राप्त भएको छ । माओवादीको तर्फबाट सहमतिको आधारमा उम्मेदवारी फिर्ता गराएपछि नेपाली काँगे्रसले भने कुनै पनि वडा माओवादीलाई नछोडेको माओवादी नेताहरुले बताएका छन् ।
उम्मेदवार फिर्ता लिनेहरुमा स्वतन्त्र उम्मेदवार पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्षको उम्मेदवार, नेकपा एकिकृत समाजबादीको तर्फबाट पाँचखाल वडा नं ४ मा वडा सदस्य उम्मेदवार शिव वहादुर दनुवार , पाँचखाल वडा नं २ मा वडा सदस्य उम्मेदवार कृष्ण वहादुर श्रेष्ठ, पाँचखाल वडा नं ३ वडा सदस्य रामप्रसाद अधिकारी समेतले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यसैगरी नेपाली काँगे्रसको तर्फबाट पाँचखाल वडा नं ६ मा वडा अध्यक्ष उम्मेदवार हरिप्रसाद दुलाल, दलित महिला सदस्य वेली मिजार, सदस्य कान्छि कायष्ठ, सदस्य विशाल दनुवार र सदस्य प्रदिप पौडेलले उम्मेदवार फिर्ता लिएका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट पाँचखाल वडा नं ४ का वडा अध्यक्ष उम्मेदवार धरसमान तमाङ समेत सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, नवराज चौलागाई र ज्ञान वहादुर तमाङ, रहेका छन् । वडा नं ८ का वडा अध्यक्ष सुरज लामा समेत वडा सदस्यहरु लेख वहादुर लामा, राजकुमार दवाडी, राम मायाँ तमाङ र नारायणि नेपाली रहेका छन् । वडा नं ९ का वडा अध्यक्ष महेश कुमार खड्का समेत सदस्यहरु राजाराम थापा, सन्तकुमारी श्रेष्ठ, लाल वहादुर सार्की, शर्मिला विश्वकर्मा रहेका छन् । वडा नं १० का वडा अध्यक्ष बद्री प्रसाद पराजुली समेत वडा सदस्यहरु रमेश प्रसाद चौलागाई, ऋषि त्रिपाठी, नन्द मायाँ पुर्कुटी,अनिता तिमल्सिना रहेका छन् । वडा नं ११ का वडा अध्यक्ष अच्युत सेढाई समेत वडा सदस्य इन्द्र वहादुर लामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस