२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

घातक सिंगापुरे डेजि झारले पाँचखालको कृषि वालि सखाप हुने—हुमागाई, नष्ट गर्ने अभियानमा नगरपालीका (भिडियो सहित)


४१६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख १७, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, पाँचखाल । कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरपालिका र आसपासको क्षेत्रमा सिगापुरे डेजि नामक मिचाहा झारको कारण उर्वराभूमीमा उत्पादन हुने कृषि उपजहरुमा समस्या आउने भएको छ ।

    केही बर्ष अगाडी देखि पाँचखालमा देखिएको डेजि नामक मिचाहा झार कृषि व्यवसायको लागि घातक रहेको कृषि विभाग साथै त्रिभुन विश्व विद्यालय बनस्पति विभागले जानकारी गराएको छ । यस्तो प्रकारको घातक झार नेपालमा रहेको ७७ जिल्ला मध्य काभे्रमा मात्रै देखिएको प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापा केन्द्र हरिहर भवनका प्रमुख सहदेव प्रसाद हुमागाईले जानकारी गराउनु भएको छ । प्रमुख हुमागाईका अनुसार विश्वकै सवैभन्दा विसाक्त साथै कृषिको लागि अत्यन्त घातक सिगापुरे डेजि नामक मिचाहा झार नियन्त्रणको लागि स्थानिय सरकार साथै केन्द्रिय सरकारको समेत भूमिका हुनुपर्ने बिषयमा जोड दिनु भएको छ । समयमा यो घातक झारलाई नियन्त्रण गर्न नसकेमा पाँचखालको कृषिबालि सखाप हुने बताउनु भयो ।

    पाँचखालको केन्द्र विन्दु हुंदै वग्ने झिगुखोला आसपासको स्थानमा देखिएको घातक झार नियन्त्रणको लागि पाँचखाल नगरपालिकाले अभियान थालेको छ । जस अन्तरगत पाँचखाल नगरपालिकाका कार्यबाहक मेयर लक्ष्मी दनुवार, पाँचखाल नगरका प्रमुख प्रसाशकिय अधिकृत शिव प्रसाद हुमेगाई, नगरका कृषि शाखा प्रमुख इश्वर अधिकारी समेतका नगरका कर्मचारीहरु, सहकारीका प्रतीनिधिहरु साथै कृषकहरुको उपस्थितिमा झारको पहिचान गरी नष्ट गर्ने अभियानको सुरुवात गरिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु