१८ वैशाख, रुपन्देही । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मर्चवारी गाउँपालिका-३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको मृत्यु भएको हो ।
उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए । उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने बताए ।
प्रतिक्रिया दिनुहोस