२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

चुनावी माहोल ह्वात्तै बढ्यो पाँचखालमा


२३६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख १८, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,पाँचखाल । चुनावी दिन नजिकदै गर्दा पाँचखालमा चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान हुन्छ तर प्रचार प्रसारको कार्य १० दिन मात्रै बाँकी रहेकोले दलहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

    दलहरु प्रचारमा होमिएका अवस्थालाई मध्यनजर राख्दै मतदाताहरुले नगरको हितको लागि कार्य गर्ने सक्षम नेतृत्वको पहिचान गर्दै बसेका छन् । स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतीनिधि जनताहरुसंग प्रतेक्ष सरोकार रहने भएकोले सक्षम व्यक्तिको पहिचान गर्दैछन् पाँचखाल नगरवासि ।

    सयम थोरै भएकोले प्रचारलाई अझ तीव्र पार्ने दलहरुले जनाएका छन् । सत्ता साझेदार दलको गठबन्धनले संयुक्तरुपमा घरदैलो अभियान चलाईरहंदा एमाले एक्लै अभियानमा जुटेको छ । कागे्रस र मओवादी समेतको गठबन्धनमा एकिकृत समाजवादीले पाँचखाल वडा नं ६ पाएको छ सो वडामा समाजवादीले संयुक्त नारा तय गरेर अगाडी बढ्दै गर्दा नेकपा एमालेका नेतृत्व तहले पनि सो वडामा विजय प्राप्त गर्नको लागि सक्रिय ढंगबाट अगाडी बढेको छ । मनोनयन फिर्ताको अवधिअघिसम्म अलमलमा देखिएको पाँचखाल गठबन्धन एकढिक्का भएर प्रचारमा लागेको देखिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु