२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा


२९६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख १९, सोमबार मा प्रकाशित २ साल अघि
  • १९ वैशाख, जुम्ला । स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको छ । जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमनदेखि डिजिटल अनुगमन गर्न थालेको हो ।

    प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा समेत तयार गरिएको जानकारी दिइन् ।

    वैशाख ३० गते हुने निर्वाचन नजिकिदै जाँदा जिल्लाका राजनैतिक दल र सरोकारवाला निकायलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायले तयारी गरेको र जिल्ला निर्वाचन कार्यालयले गरेको कामको जानकारी समेत लिएको उनले बताइन् ।

    प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा ७९ स्थलमा १०२ वटा मतदान केन्द्र रहेका छन् । तिनीहरु मध्ये १४ वटा मतदान केन्द्र पाँचसय भन्दा कम मतदाता रहेका छन् ।

    प्रहरी नायव उपरीक्षक चन्दका अनुसार केही मतदान केन्द्रमा हिंडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन् । त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाको विषयमा जानकारी लिई सुरक्षा योजना तयार पारिसकेको छ । यसैगरी जिल्लाका मतदान स्थलहरुमा एक महिना अघिदेखि सुरक्षा निकायले अनुगमन थालेको छ ।

    निर्वाचनस्थल अनुगमनमा प्रजिअ प्रसाई सहित नेपाली सेना नन्द बक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द सहितको टोलीले स्थलगत अनुगमन गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु