२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पाँचखालमा निर्वाचनको लागि पुर्ण तयारी


४०५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख २९, बिहिबार मा प्रकाशित २ साल अघि
  • २९ वैशाख
    काभ्रे,पाँचखाल । स्थानीय तह निर्वाचनको १ दिन समय बाँकी हुँदा पाँचखालमा बुथ निर्माण र मतदाता परिचयपत्र वितरण सुरु भएको छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण साथै बुथ निर्माणको काम पनि सँगै अघि बढाइएको छ ।

    पाँचखाल नगरका निर्वाचन अधिकृत जिवन प्रसाद दुलालका अनुसार पालिकामा रहेका सबै मतदानस्थलमा मतदान अधिकृतहरु पुगिसकेर काम अघि बढाएका छन् । पालिकामा १८ मतदान स्थलमा ३७ केन्द्र रहेको छ ।

    पाँचखाल नगरपालिकामा कुल मतदातासंख्या २९६९७ रहेका छन् । मतदान कार्यलाई भएरहित निस्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गराउने बिषयमा दलिए प्रतीनिधिहरुसंग छलभएको निर्वाचन अधिकृत दुलालले बताउनुभयो ।

    निर्वाचन सम्पन्न भएपछि मतगनना कार्यलाई व्यवस्थित साथै सुरक्षीत तरिकाले सम्पन्न गराउनको लागि व्यवस्था मिलाईएको छ । मत गणना स्थलमा तारबारको व्यवस्था, मतपेटीका सुरक्षा व्यवस्था, सि.सि.क्यामारा जडान साथै सुरक्षाको व्यवस्था मजवुत गराईएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार