२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

चुनावमा ९ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट बाहिरियो


१९८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख ३१, शनिबार मा प्रकाशित २ साल अघि
  • नेपाल राष्ट्र बैंकले यो चुनाव आसपास २० अर्ब रुपैयाँ बाहिरिने अनुमान गरेको थियो। तर ९ अर्ब रुपैयाँ मात्रै थप रकम बैंकिङ प्रणालीबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    अनुमानभन्दा कम रकम बाहिरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए। यो रकम ठ्याक्कै चुनावकै लागि मात्र हो भन्न भने नसकिने उनी बताउँछन्। ‘तर विगत १० कार्य दिनमा थप ९ अर्ब रुपैयाँको माग बढ्यो। सो रकमबराबरको नोट राष्ट्र बैंकबाट बाहिर गएको छ,’ उनले भने, ‘यो चुनावकै लागि निर्वाचन आयोगले भुक्तानीमा खर्च गयो कि म्यादी प्रहरीलाई दिइयो यकिन भने थाहा भएन।’ वैशाख ९ गतेसम्म बजारमा ६ खर्ब ४३ अर्ब रुपैयाँ रहेको तर वैशाख २८ गतेसम्ममा ६ खर्ब ५२ अर्ब हाराहारीका नोट चलनचल्तीमा रहेको नेपालले बताए। ‘अपेक्षा गरेअनुसार माग भएको छैन। हुन त अझै अवधि बाँकी नै छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार