२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

आफ्नै वडामा नमोबुद्ध मेयरलाई लज्जास्पद मत


२२१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा नेकपा एमाले बाट मेयर पदका उम्मेदवार राजन भूर्तेललाई आफ्नो वडाबाट लज्जास्पद मत प्राप्त भएको छ ।

    नमोबुद्ध नगरपालिका वडा नं ३ भेडाबारीका स्थायी बासिन्दा भूर्तेललाई वडाबाटै लज्जासपद मत प्राप्त गर्नुले नगरवासिहरुको चासोको बिषय बनेको छ । आफ्नै वटामा पनि वडा अध्यक्ष काँगे्रसले जित्नु साथै भुर्तेललाई भन्दा ३७७ बडी मत प्रतिर्धी कुन्साङ लामाले प्राप्त गरेका छन् ।

    आफ्नै वडामा समेत हार व्यहोरेका भुर्तेलले अन्य वडाबाट कसरी मत पाउन सक्लान भन्ने चासोको बिषय बनेको छ । वडा नं . ३ मा कुल १६ सय २२ मत खसेकोमा भुर्तेलले जम्मा ५ सय ३५ मत मात्रै प्राप्त गरे । तर गठबन्धन तर्फका मेयर कुन्साङ लामाले ९ सय १२ मत प्राप्त गरे । वडा अध्यक्षमा काग्रेसका रमेश तिवारीले एमालेका उम्मेदवार रोहिणी प्रसाद अधिकारीलाई ४ सय ४९ बढी प्राप्त गदै वडा अध्यक्ष निर्वाचित भएका छन् ।

    एमालेका रोहिणी अधिकारीले ४ सय ९३ मत प्राप्त गरे भने काग्रेसका रमेश तिवारीले ९ सय ४२ मत प्राप्त गरेका छन् । आफ्नै वडाले चिन्ह नसकेका मेयरका उम्मेदवार भूर्तेललाई अन्य वडाबाट कती मत प्राप्त गर्लान भनि नगरवासिको चासोको बिषय बनेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु