काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा टोकवहादुर वाईवा निर्वाचित हुदै आफ्नो कार्यकाल दोहोर्याउनु भएको छ । वाईवा निर्वाचित भएसंगै काभ्रेमा एकिकृत समाजवादीको पहिलो पालिका प्रमुख हुन सफल भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) काभ्रेका अध्यक्ष एवं नि—बर्तमान मण्डनदेउपुर नगरपालिकाका मेयर टोकवहादुर वाईवा मेयरमा निर्वाचित हुनुभएको छ भने उपमेयरमा नेपालि काँग्रेस मण्डनदेउपुर नगर उपसभापति विष्णुमणी नेपाल निर्वाचित भएका छन् ।
एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । मण्डनदेउपुर पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर हो । उनको वडामा भने एमालेले प्यानलै जितेको भए पनि नगरपालिकामा भने जित्न सकेन ।
मेयरमा विजयी वाइवाले ९४०६ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका विदुर सापकोटाले ८३५१ मत ल्याएका छन् । यता उपमेयरमा विजयी विष्णुमणि नेपालले ११३०५ मत ल्याए । प्रतिस्पर्धी केही समय अगाडी मात्रै माओवादीबाट एमालेमा प्रवेश गरेकी सरिता ढकाल (धरिना) ले ६९२४ मत ल्याएकी छिन ।
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १,४,५ र ७ मा एमाले विजयी भएको छ । यस्तै २,३, ६,९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेको छ । यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेको छ । यस वडामा ३ जना सदस्य कांग्रेसले जितेको छ भने एक जना माओवादी केन्द्रले जितेको छ । वडा नम्बर १ मा कांग्रेस ४ मतले पराजित भएको छ ।
प्रतिक्रिया दिनुहोस