२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पाँचखाल १० मा नारायणले दोहोर्याय कार्यकाल, काँग्रेसका तीन वडा सदस्य निर्वाचित


२५५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ८, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका वडा नं १० नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद सापकोटा निर्वाचित भएसंगै आफ्नो कार्यकाल दोहोर्याउनु भएको छ ।

    सालिन एवं भद्र स्वभावका सापकोटा ०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि वडा अध्यक्षमै निर्वाचित हुनुभएको थियो । उहाँले आफ्ना निकटस्थ प्रतिपर्धी नेपाली काँग्रेस तर्फका उम्मेदवार अर्जुन सापकोटालाई ३८ मतान्तरमा पछि पार्दै निर्वाचित हुनुभएको हो ।

    निर्वाचित सापकोटाले ६५५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका अर्जुन सापकोटाले ६१७ प्राप्त गर्नुभएको थियो । त्यसैगरी एमाले तर्फबाट निर्वाचित महिला सदस्य नानिमायाँ मानन्धरले ५९४ मत प्राप्त गर्नुभएको छ ।

    अन्य तीन सदस्य नेपालि काँग्रेस तर्फका उम्मेदवार निर्वाचित हुनुभएको छ । जसमा दलित महिला सदस्य यसोदा बसेलले ६४९ मत प्राप्त, खुल्ला सदस्य गोपाल श्रेष्ठले ६७२ मत प्राप्त र खुल्ला सदस्य पुरुषोत्तम लुईटेलले ६११ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु