काभ्रे : जिल्लाको बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको लागि आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन् ।
नेकपा एमालेबाट निर्वाचित उप–प्रमुख सहित बहुमत जनप्रतिनिधिले सपथ ग्रहण बहिष्कार गरेका हुन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरुसँग सल्लाह नै नगरी सपथ ग्रहण कार्यक्रमको आयोजना गरिएकाले उक्त कार्यक्रमको बहिष्कार गरिएको नेकपा एमालेबाट नवनिर्वाचित बनेपा नगर उप–प्रमुख बिमला सापकोटा दाहालले जानकारी दिइन् ।
स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा कांग्रेसबाट निर्वाचित शान्ति रत्न शाक्य, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग सपथ लिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस