२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पाँचखालमा शैक्षिक बिकासको लागि अक्षयकोषको व्यवस्था


३३१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ १४, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे पाँचखालमा आधुनिक गुणस्तरीय शिक्षाको आवश्यकता महसुस गर्दै निरनतर रुपमा आगाडी बढ्दै आउनु भएका शिक्षा सेविले शैक्षिक विकासको लागि ३ लाखको अक्षयकोषको व्यवस्था गर्नुभएको छ ।

    पाँचखाल र आसपासको स्थानमा आधुनिक शिक्षा (अंगे्रजी माध्यम) बाट गुणस्तरीय शिक्षाको आवश्यकता महसुस गर्दै साविक पाँचखाल गा.बि.स वडा नं ९ ढुंगानावेसीमा नव प्रतीभा विद्यालयको स्थापना गरियो ।

    विद्यालय सञ्चालनको लागि आर्थिक व्यवस्थापन गर्न दिपावलीको समयमा देउसी खेल्दै रकम संकलन गरी विद्यालय सञ्चालन कार्यमा प्रमुख भुमिका निर्वाह गर्दै विद्यालयको प्रिन्सिपल समेतको जिम्मेवारी निर्वाह गर्दै अगाडि बढ्नु भएका शिक्षा सेवी (दानविर) पनौति नगरपालिका वडा नं २ थापागाउं निवासी उद्धब थापा, सोही कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने मध्यका विद्यालयका संस्थापक रामहरी आचार्य र विद्यायलका संस्थापक स्व.राम वहादुर थापाका सुपुत्र दिलिप थापाले आफ्नो पिताले विद्यालय सञ्चालनको लागि गरेको योगदानको स्मरण गर्दै शैक्षिक विकासको लागि ३ लाखको अक्षयकोषको व्यवस्था मिलाउनु भएको छ ।

    आज (शनिवार) विद्यालयले आयोजना गरेको अन्तरक्रिया तथा अभिभावक भेलामा उपस्थित रहनुभएका संस्थापकहरुले विद्यालयमा शैक्षिक विकासमा थप टेवा पुर्याउने उद्देश्यले सो रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार