काभ्रेपलाञ्चोक। सरकारले काभ्रेको बनेपामा आधुनिक चलचित्र छायाँङ्कन स्थल (डिजिटल स्टुडियो) निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अत्याधुनिक ‘इन्डोर सुटिङ् स्टुडियो’ निर्माणका गर्न बजेटमा समेटेको छ ।
काभ्रेको बनेपा नगरपालिका वडा नं. १० र १३ स्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ् स्टुडियो’ निर्माणका लागि आवश्यक प्रशासनिक तयारी गर्दै आएका थिए । इन्डोरमा अस्पताल, प्रहरीचौकी, कारागार, ठूला भवनका भित्री भागदेखिने खालका तथो प्रोटेबल सेट निर्माण तयारी थियो ।
आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नका लागि चलचित्र म्यूजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशन कक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण हुने योजना थियो । चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीमा ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस