काभ्रेपलाञ्चोक/ जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ११ स्थित बनेपा–पनौती सडकखण्डको धनेश्वरमा बोलेरोको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिकाका पाँच वर्षीय आशिष अधिकारी रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । उनका अनुसार बोलेरोको ठक्करबाट घाइते अधिकारीको उपचारको क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
पनौतीबाट बनेपातर्फ आउँदै गरेको बागमती प्रदेश ३, २२ च ३२९१ नम्बरको बोलेरोले विद्यालयबाट घर फर्कने क्रममा बालकलाई ठक्कर दिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । बालक बनेपा नगरपालिका– ११ स्थित धनेश्वर आधारभूत विद्यालयमा नर्सरीमा अध्ययनरत थिए ।
बालकको शव बनेपास्थित शिर मेमोरियल अस्पतालमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरीका अनुसार बोलेरो चालक र बोलेरो गाडी प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस