२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

युरोपियन पुरातत्व संघको पहिलो सदस्यमा पाँचखालको भूमिपुत्र


२९१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २८, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ७ निवासी श्रीकृष्ण धिमाल युरोपियन पुरातत्व संघको सदस्य बन्न सफल हुनुभएको छ ।

    विगत लामो समयदेखि नेपालमा रहेको पुरातात्विक सम्पदाहरुको संरक्षणको अभियानमा जुट्दै आउनु भएका धिमाल नेपालको पहिलो युरोपियन पुरातत्व संघको सदस्य बन्न सफल हुनुभएको छ ।

    विगत लामो समएदेखि पाँचखाल र आसपासका  क्षेत्रहरुमा रहेको पुरातात्विक सम्पदाहरुको खोजिमा निरन्तर जुट्दै आउनु भएका धिमालले खोज तथा अनुसन्धानको कार्यलाई निरन्तरता दिदै पुरातात्विक सम्पदाहरुको संरक्षणको लागि स्थानिय तहका सरकारलाई घच्घच्याउंदै आउनु भएको छ ।

    पुरातात्विक सम्पदाहरुको संरक्षणको अभियन्ता धिमाल युरोपियन पुरातत्व संघको सदस्य बन्नुले पाँचखाल नगरको मात्रै नभएर देसकै शिर उच्च राख्न सफल हुनुभएको छ । उहाँले पाउनु भएको सदस्यताले गर्दा लोप भईसकेको संम्पदाहरुको संरक्षणमा थप टेवा पुग्ने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार