काभ्रेपलाञ्चोक — जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन सत्ता गठबन्धनका दल र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन कायम नै राखेका हुन् ।
नौ सदस्यीय समितिमा एकीकृत समाजवादीले प्रमुख, कांग्रेसले उपप्रमुखसहित ५ सदस्य र नेकपा (माओवादी केन्द्र) ले ३ सदस्य पाउने सहमति बनेको थियो । असार १ गते मतदान तोकिएको छ ।
गठबन्धनको तर्फबाट प्रमुखमा एकीकृत समाजवादीका दिपक कुमार गौतम, उपप्रमुखमा कांग्रेसका रिमबहादुर तामाङ र सदस्यमा कांग्रेसबाट मंगलबहादुर तामाङ, निरबहादुर लामा, चण्डिका मिजार र अप्सरा सिपखान -ढुंगाना_, माओवादी केन्द्रबाट कमलराज गिरी, कृष्णकुमारी राई र रस्मिता भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेले प्रमुखमा कमला भट्टराई र उपप्रमुखमा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ । सदस्यहरुमा प्रमिला बिक कामी, रोजिना तामाङ, रुपा प्याकुरेल धिताल, मन मिजार र गोपिबहादुर श्रेष्ठ, सागर मानन्धर र प्रकाश बञ्जारा छन् ।
प्रतिक्रिया दिनुहोस