२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बनेपालाई डुवान हुनबाट जोगाउंछु—शाक्य टिम बिबिसीको बधाई तथा शुभकामना


२५४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ३०, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक ,बनेपा । राष्ट्रियस्तरमा खेलकुदबाट बनेपाको परिचय दिन सकिन्छ भन्ने उद्देस्यका साथ स्थापना भएको बिबिस फुटबल क्लबको आयोजनामा निर्वाचित जनप्रतीधिहरुलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना प्रदान गरेको छ ।

    “सामाजिक सद्भाव र आपसी सहकार्यका लागि टिम बिबिस” को नारा बोकेर स्थापना भएको टिम बिबिसीले एक कार्यक्रमको आयोजना गरी हालै सम्पन्न स्थानिय तहको निर्वाचनबाट निर्वाचित पनौती न.पा. वडा नं. ५ का वडाअध्यक्ष एवं टिम बिबिसीका सदस्य बिनोद खत्री र बनेपा नगरपालिकाका प्रमुख, उप–प्रमुख लगायत वडा नं. १ देखि १४ सम्मकै वडा अध्यक्षहरुलाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना प्रदान गरेको छ ।

    संस्थाका संयोजक सरोेज कुमार तिमल्सीनाको सभापतित्व र संस्थापक संयोजक/प्रमुख सल्लाहकार महेश कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाका परिकल्पनाकार हरि कर्माचार्यले बनेपा र आसपासका व्यवसायी एवं सामाजिक क्रियाकलापमा आवद्ध व्यक्तिहरुको तत्कालको आवश्यकता परिपूर्तिको निमित्त सामुहिक रुपले एक ढिक्का भई कार्य गर्नका लागि टिम बिबिसीको स्थापना भएको जानकारी गराउनु भयो
    कार्यसमिति सदस्य विकास पन्तको उद्घोषणमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यसमिति सदस्य कौशलराज खड्काको स्वागत मन्तव्य रहेको थियो । पनौती न.पा. वडा नं. ५ का वडा अध्यक्ष बिनोद खत्रीले सम्मानित हुन पाउँदा आफुलाई खुसी लागेको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि (संस्थापक संयोजक÷प्रमुख सल्लाहकार) महेश कुमार कर्माचार्र्यले भन्नुभयो—कर्माचार्यले सामाजिक संस्था गैर नाफामुलक हुने भएकोले तिनिहरुले गरेका कार्यक्रम र गतिविधिका आधारमा मूल्यांकन गरी वर्गिकरण गर्न आवश्यक रहेको र सोही अनुसार नगरपालिकाले कार्यक्रमहरु उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

    कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफुले वर्षातमा बनेपालाई डुबानमुक्त बनाउने घोषणा गर्नुभयो । उहाँले थप्नुभयो निर्वाचनमा जारी गरेको घोषणा पत्रमा लेखिए बमोजिम नै शपथ ग्रहण गरेको दिन देखिनै पूण्यमाता खोलाको माटो निकाल्ने काम गरेको बताउनुभयो । किसानले आफ्नो उत्पादनको मूल्य कौडीको भाउ पाउने तर उपभोक्ताले निकै महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने परिपाटीलाई अन्त्य गर्नको निमित्त नाला क्षेत्रमा कोल्ड स्टोर स्थापना गर्ने, करिब चालीस करोड बराबरको पाउडर दुध कारखानाको स्थापना गर्ने, बनेपा नगरपालिका भित्र पर्ने राजमार्गको छेउको ड्रेनको सफाई गर्ने योजना रहेको बताउनु भयो ।

    त्यसैगरी बनेपा नगर उप–प्रमुख बिमला सापकोटा दाहालले आफुले नयाँ जोश र जाँगर बोकेर आएको हुनाले आगामी ५ वर्ष नगरवासीले महशुस हुने गरी परिवर्तन देख्नु पाउने बताउनु भयो । उक्त कार्यक्रमका सभापति तिमल्सिनाले टिम बिबिसी कुनै पनि पार्टीसँग आवद्ध नभएको र यो एक स्वायत्त सामाजिक संस्था भएकोले यस सबै विचार र आस्थाका व्यक्तित्वहरु संलग्न रही सामाजिक कार्यक्रमहरु गर्दै आएकोले नगरपालिका र नगरभित्रका १४ वटै वडाले कुनै पनि कार्यक्रममा संस्थालाई सम्झिन सकिने र सहकार्य गर्न सकिने बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार