१ असार, काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेमा गठबन्धन दल विजयी भएका छन । जिल्ला समन्वय समितिको संयोजकमा नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भए । उनले २२ मत पाए भने एमालेका उम्मेदवार कमला भट्टराईले ४ मत मात्र पाइन् ।
उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिमबहादुर तामाङ चयन भए । तामाङ नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गरे ।
सदस्यहरूमा गठबन्धनको तर्फबाट उठेका अप्सरा सिप्खान(ढुंगाना) चण्डिका मिजार, नीरबहादुर लामा, मंगलबहादुर तामाङ, कृष्णकुमारी राई, रस्मिता भण्डारी विजयी भए ।
काभ्रेका १३ स्थानीय पालिका २६ पद मध्ये १३ पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र ८, नेकपा एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस