काभ्रेपलाञ्चोक । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजनामा मिति २०७९ असार १ गते बनेपा नगरपालिका ७ स्थित बेलर एकेडेमीमा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
आयोगको बागमती प्रदेश कार्यालयका सहसचिव यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा संम्पन्न भएको उक्त कार्यक्रममा बनेपा नगरपालिका वडानं ७ का वडाध्यक्ष हिटलर शाक्य,गैसस महासंघ काभ्रेका अध्यक्ष टोम सापकोटा, बेलर एकेडेमिका प्रिन्सिपल इन्दु थापा, मानव अधिकार संगठन जिल्ला शाखा काभ्रेका अध्यक्ष राजु सिग्देल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको काम कर्तव्य र अधिकार, मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र १९४८, बाल अधिकार महासन्धी १९८९, मानव अधिकारमुखी विकास पद्धती लगायतका बिषयमा आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा मानव अधिकारकर्मी निर्वाचित प्रतिनिधि, गैससकर्मी कक्षा १० का विद्यार्थी गरी ७० जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस