२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बहुविवाहको आरोपमा श्रीमान् श्रीमती कारागार चलान


३८७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ ८, बुधबार मा प्रकाशित २ साल अघि
  • सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्– श्रीमती पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी मञ्जु देवी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

    सिराहाको वस्तिपुर–९ घर भई हाल सुरुङ्गा नगरपालिका-३ बस्ने जलेसरकी जेठी पत्नी असियादेवी यादवको जाहेरी अनुसार उनीहरूलाई अदालतले जनही १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो । बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७३ जेठ २ गते सजाय र जरिवाना तोकेपछि दुवै जना फरार भएका थिए । उनीहरूलाई पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरी जनाएको छ ।

    यसैगरी प्रहरीले लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी रुपनी गाउँपालिका-२ कि असिया कुमारी रामलाई पक्राउ गरेको छ । अदालतले ६ महिना कैद ठहर गरी फरार भएकी रामलाई मंगलबार पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार