२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नेपालमा प्रमुख पार्टी सञ्चार माध्यम हो—जिल्ला समन्वय प्रमुख


२९३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • आई.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । मुलुकमा आमुल परिवर्तनको लागि हामी सडकमा उत्रदै गर्दा हामी जस्ता हजारौ नेता कार्यकर्तालाई प्रहरीले लाठी बजार्दै गर्दा सञ्चारकर्मीहरुले क्यामाराको लेन्स फुटाउन तयार हुंदै हामीजस्तालाई वचाउने सञ्चारकर्मीहरुलाई नसम्झिईकन अर्को बैठकमा उपस्थित हुन मन लागेन ।

    उक्त भनाई काभ्रे जिल्ला समन्वय समितिका संयोजक दिपक कुमार गौतमले आज पत्रकार भेटघाटको क्रममा वताउनु भएको हो । आम मिडिया कर्मीहरुको सम्मानको खातिर पत्रकार भेटघाट गरेर मात्रै अन्य कार्यहरु अगाडी बढाउने उद्देस्यले पत्रकारहरुसंगको अनतरक्र्रिया गरेको गौतमले बताउनु भयो ।

    आजको अवस्थामा हामी , जिल्ला समन्वय समितिको टिक जुन ठाउमा छ यो सञ्चारकर्मीहरुको कारणले हो । मुलुकमा आमुल परिवर्तनको लागि नेपालमा रहेका राजनीतिक पार्टीहरुको अगुवाईमा आन्दोलन भएको थियो, बाहिर आउन नसकेपनि गाउंगाउंबाट जनताहरु पठाउन तत्कालिन माओवादीले पनि भूमिका खेलेको थियो । नेपालमा रहेका प्रमुख पार्टी सञ्चार माध्यम हो , जसले आन्दोलनको समयमा जनतालाई जगाउने काम गर्यो । त्यसकारणले गणतन्त्र प्राप्त गर्ने कार्यमा प्रमुख हात सञ्चारकर्मीको हो ।

    जिल्ला समन्वयमा म आउंदै गर्दा जिल्लामा रहेका कार्यालय प्रमुखहरुसंग जिल्लावासिको हितको खातिर कुराहरु गर्दै छु । यतिखेरको समयमा रासायनिक मल उपलब्ध नहुंदा कृषकहरु मारमा परेका छन् । जिल्ला समन्वय समितिको अधिकार जिल्लामा हुने हरप्रकारका कामको अनुगमन गर्ने, राम्रा नराम्रा कार्यहरुको सार्वजनिक गर्ने, सो सार्वजनिक गर्ने माध्यम भनेको सञ्चार माध्यम हो । जिल्लामा हुने हर प्रकारको राम्रा नराम्रा कार्यको सार्वजपनक गर्ने कार्यको लागि मेरो दाहिने हात काभ्रेली पत्रकारहरु हो । जिल्ला समन्वय समिति प्रमुख गौतमले बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार