काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. ०३ बस्ने वर्ष ५७ की अम्बिका गौतमको सुन हराएको थियो ।
सुन हराएपछि खेजतलासको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा निवेदन दिएपछि प्रहरीले खोजतलास गरेको थियो । खोजतलासको क्रममा निवेदकले भने अनुसारको सामान भेटेपछि आज (विहिबार) निवेदक वालालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेमा सेवाग्राहीको रुपमा आएकोमा झोलामा रहेको सुनको झुम्का एक जोर र पोते सहितको मंगलसुत्र एक थान हराएको थियो ।
प्रतिक्रिया दिनुहोस