२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पूर्वमन्त्री घर अगाडि शंकास्पद वस्तु


२८०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ १०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १० असार, विराटनगर । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका–३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

    प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पुग्दै छ । त्यहाँ इलाका प्रहरी कार्यालय दमकको टोली भने पुगिसकेको छ ।

    घर अगाडि शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको कार्कीले बताए । ‘घर अगाडि बिहान साढे ५ बजेतिर शंकास्पद वस्तु रहेको थाहा भयो,’ उनले भने, ‘म त घरमा थिइनँ, शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको छ ।’

    करिब ४ बजेतिर लाइट नबाली आएको एउटा मोटरसाइकलमा चढेका व्यक्तिले शंकास्पद वस्तु राखेर गएको हुनसक्ने उनले अनुमान गरे । ‘करिब ४ बजेतिर लाइट नबाली एउटा मोटरसाइकल आएको रहेछ,’ उनले भने, ‘त्यही मोटरसाइकलमा आएकाले राखेको हुनसक्छ ।’

    उनले फेसबुकमा शंकास्पद वस्तुको तस्वीर राख्दै लेखेका छन्, ‘किन, कसले हो ? छिट्टै अनुसन्धान हुनेछ । अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार