काभ्रेपलाञ्चोक । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लि. ले बीमिकको मृत्यु भएकोले उनका परिवारलाई ३७ लाख ९४ हजार भुक्तानी गरेको छ ।
पनौती नगरपालिका वडा नं २ कुशादेवी निवासि सविन हुमागाईले २०७६ कात्तिक २९ गते २० बर्षको अवधि राखेर वार्षिक अग्रिम भुक्तानी पोलिसि सहित विमामा आबद्ध भएका थिए । एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्ट्स का इन्जिनियर हुमागाईको क्यान्सरको कारण मृत्यु भएको थियो ।
विमित हुमागाईको मृत्यु भएपछि स्व. हुमागाईका पिता नारायण हुमागाईलाई मृत्यु दावि भुक्तानी चेकः ३७,९४,०००÷–हस्तान्तरण गरेको थियो । असार १० गते, बनेपा एरिया इन्चार्ज दोर्जे लामा र पनौती शाखा प्रमुख विक्रम धौगडाको उपस्थितिमा उक्त चेक हस्तान्तरण भएको थियो ।
प्रतिक्रिया दिनुहोस