काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं १० खोपासीमा रहेको श्रेष्ठ बंगुर फर्ममा २५५ वटा बंगुर मर्दा ७६ लाख ५५ हजार क्षती भएको छ ।
फर्म मा रहेको वंगुरमा अफ्रिकन स्वाईन फिवर रोगको कारण जेठ १५ गते देखी असार १३ गते सम्ममा २५५ बंगुर मरेको जानकारी प्राप्त भएको छ ।
फर्मका प्रोप्राईटर तिर्थलाल श्रेष्ठले फर्ममा अफ्रिकन स्वाईन फिवर रोगका कारण ठुलो क्षती भएकोले भेटेनरी अस्पताल धुलिखेलमा सिफारिसको लागि निवेदन दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस