२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

प्रेस युनियनको अध्यक्षमा नगेन्द्रको टिम सर्वसम्मत


३७८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ १५, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । नेपाल प्रेस युनियन काभ्रेको जिल्ला अधिबेशन आज (बुधबार) सम्पन्न भएको छ । विगत लामो समयदेखि रोकिएको प्रेस युनियन काभ्रेको अधिबेशन आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

    आज सम्पन्न अधिबेशनमा प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । त्यस्तैगरी उपाध्यक्षमा देबराज के.सी.,महिला उपाध्यक्षमा सम्झाना हुमागाई, सचिबमा शुभराज अधिकारी,सह सचिवमा सचित खड्का र इन्द्र बहादुर थापा (समाबेशी) र कोषाध्यक्षमा सरोज अधिकारी चयन भएका छन् । सदस्यहरुमा राजन दहाल,पुजन धिताल, पुरुषोत्तम ढकाल,रोशन पौडेल, रबि धिताल,बिपाशना श्रेष्ठ, शोभा हुमागाई (महिला), ज्योति श्रेष्ठ (जनजाति), रामचन्द्र रम्तेल (दलित) र रामचन्द्र अधिकारी (अल्पसंख्यक ) चयन भएका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस काभ्रेका सभापति तिर्थ लामा, विशिष्ट अतिथी नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष ईश्वरी ओझा, युनियनका केन्द्रिय सदस्य राजाराम कार्की , नेपाली काङ्ग्रेस जिल्ला उपसभापति रमेश प्रसाद हुमागाई , सचिब द्वय गुणराज मुक्तान र माधब ढकाल लगाएतका नेताहरूले नवनियुक्त पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

    कार्यक्रममा प्रेस युनियन काभ्रेका पुर्ब सचिब मधुसूदन तिमल्सिनालाई बेथानचोक गाउँपालिका वडा न १ को वडा अध्यक्ष साथै पालिकाको प्रबक्ता हुनुभएकोमा बधाइ तथा शुभकामना साथ सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष नगेन्द्र अधिकारिले अफ्नो कार्यकाल बिगतको जस्तो सुक्ष्म ढङ्गले नहिड्ने र सबैलाइ समेटेर अगाडी बढ्ने बताएका छन् । विगतमा गल्ती कमजोरी भएको स्विकार्दै आगामी दिनमा त्यस्तो कमिकमजोरी नहुने प्रतिबद्धता पनि जनाएका छन् ।

    त्यस्तैगरि प्रेस युनियन काभ्रेले प्रदेश प्रतिनिधि र केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ । प्रदेश प्रतिनिधिमा नवराज सापकोटा, सरोज सापकोटा,राजेन्द्र तिमल्सिना,सुमन गिरी, सन्तोष तिमल्सिना, अशोक महत, कृष्ण न्यौपाने, मोहनकृष्ण तिमल्सिना, रोशन तिमल्सिना , पुरुशोत्तम ढकाल, दिलिप आचार्य, दिपक चौलागाईं, हिराकाजी लामा, दुर्गा घलान,जानुका खनाल र सनम सुवाल रहेका छन् ।

    त्यस्तैगरि युनियनले केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ । जसमा भोला थापा , महेश पौडेल,नारायण सापकोटा,बद्रीराज तिमल्सिना,भिम गौतम , कपिल कोइराला, प्रदिप के सी , रघुनाथ हुमागाई, शिव दाहाल, सुर्य लाकोजु, ज्ञानमणि नेपाल, शिखर चिमोरिया, शंखर अधिकारी, इन्द्रलक्ष्मी घिमिरे र कविता शर्मा रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार