२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

चौंरीदेउरालीलाई एम्बुलेन्स हस्तान्तरण


२४६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ १९, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत पालिकालाई एम्बुलेन्स उपहार स्वरुप एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

    एम्बुलेन्स गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंलाई आइतबार हस्तान्तरण गरिएको थियो । पालिकाको जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै एम्बुलेन्सको लागि निवर्तमान अध्यक्ष दिननाथ गौतम र वर्तमान अध्यक्ष चौंलागाईंले पहल गरेकी थिइन् ।

    काभ्रेको विकट क्षेत्र भनेर चिनिने कोशीपारीको चौंरीदेउराली गाउँपालिकाका जनतालाई एम्बुलेन्सको अपुग भएपछि निवर्तमान अध्यक्ष गौतम र वर्तमान अध्यक्ष चौंलागाईंले पहल गरेका थिए । ‘गाउँपालिकामा भएको एम्बेलेन्सले मात्र जनताको सेवा गर्न निक्कै कठिन थियो । भौगोलिक विकटताले गर्दा विरामी जनतालाई सेवा दिन गाह्रो थियो ।’ अध्यक्ष चौंलागाईंले भनिन्, ‘अब नयाँ एम्बुलेन्स पाएपछि ठूलै राहत मिलेको छ । एम्बुलेन्सको अभावकै कारण अब जनताले स्वास्थ्य उपचारबाट बञ्चिन हुनुपर्दैन ।’
    उनले एम्बुलेन्सको लागि विशेष पहल गर्ने अर्थमन्त्री जनार्दन शर्मा र निवर्तमान अध्यक्ष गौतमलाई धन्यवाद दिएकी छिन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार