२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य


२८७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ २०, सोमबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

    निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ ।नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२/१ सय ७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

    भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार