२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पनौतीका विशाललाई प्रहरीले झ्याप


२२२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ २१, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रे : सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पनौती नगरपालिका वडा नं ११ का २५ वर्षीय विशाल तामाङ रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ चार वर्षपछि पक्राउ गरेको हो ।

    जिल्ला अदालत काभ्रेपलाञ्चोकले सवारी ज्यान मुद्दामा फरार रहेका तामाङलाई २०७५ जेष्ठ १६ गते १ महिना कैदको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका तामाङलाई चार वर्षपछि आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार