काभ्रेपलाञ्चोक । “वर्तमान जनप्रतिनिधिलाई असल मार्गमा हिँडाउनको लागि निवर्तमान जनप्रतिनिधिहरूको अनुभव सम्पत्ति हो ।”
उक्त भनाइ जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमको हो । जिल्ला समन्वय समितिले आयोजना गरेको निवर्तमान स्थानीय तहका प्रमुख साथै नि: वर्तमान जिल्ला समन्वय समितिका पदाधिकारीहरूसँगको अनुभव आदान प्रदान तथा सम्मान कार्यक्रममा उक्त धारणा राख्नुभएको हो ।
आज मंगलबार धुलिखेलमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौतमले थप्नुभयो मुलुकमा संघीयता लागु भएपछि पहिलो निर्वाचित जनप्रतिनिधिहरूले प्राप्त गरेका अनुभव हाम्रो लागि सम्पत्ति हो । सोही सम्पत्तिको आधारमा अगाडि बढ्दा भावि दिनहरु समृद्ध मुलुक निर्माणमा टेवा पुग्ने सुनिश्चत रहन्छ ।
गौतमले थप्नुभयो—हामीले निर्वाचनमा जारी गरेको घोषणा पत्रहरू प्रत्तेकदिन सुत्नुभन्दा अगाडि पडौ र काभ्रे जिल्लाको हितको लागि काम गरौं । तपाईँहरूले मायाँ गर्नुभयो‚ तात ताते गर्नुभयो म पनि तपाईँहरूको हात समाउँदै काभ्रे जिल्लाको विकासको निम्ति एक थोपा रगत भएसम्म काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे‚ जिल्ला न्यायाधीस मोहनराज भट्टराई‚ नि: वर्तमान जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी‚ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला समन्वय समितिका उपप्रमुख रिम बहादुर तमाङले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस