काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले संघीयता आवश्यक नरहेको बताएका छन् । उनले संघीयता नभए मुलुक बर्बाद हुने तर्क जायज नभएको दावीसमेत गरे ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा पूर्वमन्त्री बास्कोटाले स्थानीय तहलाई शक्तिशाली बनाएपछि प्रदेश आवश्यक नरहेको प्रष्ट पारे । उनले भने, ‘एक-दुई संघीयताका फण्डीते पण्डीतका गुनासो सुनियो–यो गयो भने खतमै हुन्छ रे तर शक्तिशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो ?’
उनले राष्ट्रिय सभालाई समावेशी बनाउन र प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित मात्र बनाउनु उपयुक्त हुने सुझाव दिए । ‘बरु राष्ट्रिय सभामा केही सीट थपेर राष्ट्रिय समावेसी सभा बनाऔ र प्रतिनिधिसभालाइ प्रत्यक्ष निर्वाचित मात्रको बनाऔं।अग्रगामी कदम नै यही हो,’ उनले भने ।
पछिल्लो समय संघीयताको औचित्यबारे प्रश्न उठ्न थालेको छ । प्रदेशका नाममा आर्थिक अराजकता मौलाएको र प्रदेश नेता व्यवस्थापनको थलो बनेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस