काभ्रेपलाञ्चोक/लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आइ नेपालको जोन २४ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं पनौतीनगरपालिकाका प्रमुख रामशरण भण्डारीले लायनको आदर्शअनुरुप अगाडिबढ्न सक्नुर्ने बताउनु भयो ।
लायनको जुन आदर्श छ, त्यहि अनुरुप समाज रुपान्तरणमा खर्चिन आवश्यक छ । लायनको लोगो झुड्याउँदैमा कोहि लायनको अनुयायी हुन सक्दैन । लायनको आदर्श वादलाई आत्मसाथ गरेर अगाडि जान सके मात्रै व्यवहारिक रुपमा उपयुक्त रहने धारणा राख्नु भएको थियो ।
हामीले हेर्ने भनेको लायनले बोकेको आदर्शलाई समाजमा उतार्ने एउटा कर्तव्यनिष्ठ, सबल र सक्षम व्यक्तित्व निर्माण नै हो । त्यसलाई व्यवहारमा उतार्नु नै आजको आवश्यकता आफूले महसुस गरेको बताउनु भएको छ । तसर्थ समाज रुपान्तरणका लागि लायन आदर्शको महत्वपूर्ण कडी रहेको र त्यसलाई सहीढंगबाट प्रयोग गरौं भन्ने नै हो भन्नुहुँदै पनौती नगरपालिकामा लायन्स क्लबले सञ्चालन गरेको नमूना गाउँ कार्यक्रम किन रोकियो ? प्रतिप्रश्न गर्नुहुँदै त्यसको निरन्तरताकालागि नगरपालिका जुनसुकै मूल्यमा तयार रहेको बताउनु भएको छ ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि एलसी आइ एफ एरिया लिडर लायन राजन लम्सालको कथनथियो– लायनवादलाई तल्लो तहसम्म लैजानु आजको आवश्यकता रहेको चर्चा गर्नुहुँदै मानवीय सेवा भावनालाई उजागर गर्दै समाज रुपान्तरणमा लाग्नु प्रत्येक मानवको दायित्वहो । त्यसका लागि लायन सँगसँगै लियोलाई पनि लिएर जान आवश्यक छ । लियो भन्नु नै लायन्सको मेरुदण्ड रहेको स्मरण गराउनुहुँदै लायनको गरिमामय भावनालाई लियोहरुले समाजमा लिएर जाने भएकोले जति लायनको महत्व छ, त्यति नै लियोको पनि रहेको स्मरण गराउनु भएको थियो ।
उक्त पदस्थापन कार्यक्रमलाई अगाडि बढाउनु हुँदै डिष्ट्रिक्ट ३२५ आइ का गर्भनर राम बस्यालको कथनथियो– क्लबहरु खोल्नु ठूलो कुरो होइन, उनीहरुलाई जीवन्त दिनु महत्वपूर्ण विषय हो । आजजुन–जुनक्लबहरु पदस्थापन हुनु भएको छ, उहाँहरुले आफ्नो क्लबलाई जीवन्त दिने गतिविधिहरु गर्न आवश्यक छ । त्यसका लागि महत्वपूर्ण पाटो भनेको आर्थिक पक्षहो । आर्थिक रुपमा क्लबलाई सबल बनाउन सकियो भने कुनै पनि क्लबहरु विस्थापित हुने छैनन् । त्यसका लागि दीर्घकालिन योजना सहित क्लबहरु समाजमा जानुपर्ने धारणा राख्नुहुँदै अबको योजना भनेको आजीवन सदस्यहरुको अभियान हो । यो अभियानलाई सार्थक रुपमा पूरा गर्न सकियो भने लायन्स भित्र देखिएको अस्थिरताको अन्त्य हुने विश्वास आफूले लिएको गर्भनर लायन बस्यालको तर्क थियो ।
कुनै पनि योजना लिएर आउनु अगाडि आफ्नो क्लबको अवस्थाका बारेमा जानकार हुन आवश्यक रहन्छ। तबमात्र योजनाबद्ध ढंगबाट अगाडि बढ्न सकिन्छ । त्यसका लागि सबल र सक्षम नेतृत्वको आवश्यकता पर्दछ । आज जिम्मेवारी बहन गर्नुहुने लायन्स क्लबहरु र लियो क्लबले पक्कै पनि डिष्ट्रिक्टको चाहना अनुसार आफूलाई जिम्मेवारी बहन गराई अगाडिबढ्ने विश्वास रहेको बताउनु भएको थियो ।
उक्त पदस्थापन कार्यक्रममा फस्र्ट डिजीलायन चन्द्रकुमार केसी, डिष्ट्रिक्ट चिफ एडभाइजर लायन पार्वती खरेल पाण्डे र आ–आफ्नो क्लबबाट लायन अञ्जु रंजित, लायन श्यामसुन्दर थापा, लायन मदन तिमल्सिना, लायन भवानी महत र लायन डायमण्ड थापाले क्लबका गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य लायन बिपशना शाक्य, झण्डोत्तोलन लायन सुष्मा रंजितकारले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जोन चियरपर्सन लायन प्रल्हाद शर्मा हुमागाईंले गर्नुभएको थियो ।
कार्यक्रममा लायनको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु लाई समेत सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । उक्त पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं टेम्पलपिस काभ्रे, लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर, लायन्स क्लब अफ काठमाडौं माँचण्डेश्वरी र लायन्स क्लब अफ काठमाडौं बेथानचोकका साथै लियो क्लब अफकाठमाडौं इन्द्रेश्वर समेतको पदस्थापन भएको थियो । यसरी नेतृत्वमा चयन हुने अध्यक्षहरुमा लायन अञ्जु कार्की थापा, लायन डायमण्ड थापा, लायन भवानी महत थापा, लायन मदनतिमल्सिना र लियो सम्राट मैनालीरहेका छन् ।
प्रतिक्रिया दिनुहोस