काभ्रेपलाञ्चोक /नेपाली काँगे्रस निकट पत्रकारहरुको संगठन पे्रस युनियन केन्द्रको अधिवेशन नजिकदै गर्दा काभे्रली पत्रकारितामा छुट्टै पहिचान कायम राख्न सफल हुनुभएको साथै पे्रस युनियनको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी समेत सम्हालि सक्नुभएका इश्वरी ओझाले अध्यक्षको लागि उम्मेदवारी दिने निर्णय गर्नुभएको छ ।
पे्रस युनियनको बिभिन्न तहहरुमा रहि कार्य गर्दै केन्द्रिय उपाध्यक्ष समेतको अनुभव वोटली सक्नुभएका ओझाले अध्यक्ष पदमा सहज ढंगबाट विजयी हुने देखिन्छ । प्रेस युनियनका केन्द्रिय प्रतिनिधिहरुका अनुसार ओझाले अध्यक्ष पदमा उम्मेदवारी दिनुले संगठनको लागि हित हुने छ । संगठनको मर्म बुझिसक्नुभएको साथै लामो अनुभव भएको नाताले ओझाले नेतृत्व लिनु भनेको संगठनको भविस्य सुन्दर रहनु हो ।
त्यसैगरी साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको ९औं महाधिवशेनका लागि सञ्चारकर्मी नारायण सापकोटाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनु भएको छ । प्रेस युनियनको केन्द्रीय कार्यालयमा उहाँले उम्मेदवारीको घोषणा गर्नु भएको हो ।
२०५४ सालदेखि पत्रकारितामा निरन्तर क्रियाशील सापकोटाले राष्ट्रिय समाचार समिति, अन्नपूर्णपोष्ट, नयाँ पत्रिका, सगरमाथा टिभि, न्युज २४ टिभि, गरुण आवाज तत्कालिन एच.बि.सी एफएम लगायत मूलधारका राष्ट्रिय मिडियामा काम गरेको लामो अनुभव सङ्कलन गरिसक्नु भएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे, प्रेस युनियन काभ्रेको अध्यक्षको जिम्मेवारी संहाल्नु सक्नुभएका उहाँ हाम्रो इन्द्रावती साप्ताहिक काभ्रेका प्रधान सम्पादक र नरम न्युज.कम का प्रधान सम्पादक समेत रहि पत्रकारितामा क्रियाशिल सापकोटाले केन्द्रीय सदस्य पदमा सहजै विजय हासिल गर्ने प्रवल संभावना रहेको छ ।
त्यसैगरी पे्रस युनियन काभे्रका निवर्तमान अध्यक्ष कपिल कोईरालाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पे्रस युनियनले आयोजना गरेको युनियनका पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा कोईरालाले आफ्नो उम्मेदवारी घोषणा गर्दै अध्यक्षको लागि ओझाको सुनिश्चित रहेमा सहमतिको लागि आफुले उम्मेदवारी फिर्ता पनि लिनसक्ने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस