२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

किर्ते गरी जग्गा बिक्री गर्ने लाई प्रहरीले झ्याप


४२३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण ४, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । किर्ते कागजातहरु तयार गरी अरुको जग्गा बिक्रि गरेको अभियोगमा प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाही अगाडी बढाएको छ ।

    काभ्रेपलाञ्चोक बनेपा न.पा वडा नं. ०२ बस्ने ज्ञान बहादुर खड्गी लगायत ६ जना व्यक्तिहरुको नाममा जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०१ स्थित चाईना टाउनको बास्केटबल कोर्ट अगाडि रहेको विभिन्न कित्ताको जग्गा आफ्नो नाममा रहेको छ भनी नक्कली जग्गा धनी पुर्जा र नक्सा सिट समेत देखाई उक्त जग्गा किनबेच गर्नका लागि बैना बापतको रकम समेत लिई नक्कली राजिनामा कागज, घर बाटोको सिफारिस पत्र, जग्गा धनी दर्ता प्रमाण पुर्जा जस्ता कागजातको आधारमा जग्गा पास गरी दिई मालपोत कार्यालयबाट जारी गरिने जग्गा धनी दर्ता प्रमाण पुर्जा समेत किर्ते बनाई साविक जिल्ला धादिङ जीवनपुर गा.वि.स. वडा नं. ०५ घर भई हाल काभ्रेपलाञ्चोक बनेपा न.पा वडा नं. ०९ बस्ने नन्दलाल रेग्मीको छोरा रवि प्रसाद रेग्मीले ठगी गरेको भन्ने उजुरी परेपछि काभ्रे प्रहरीले अनुसन्धान गरेको थियो ।

    अनुसन्धानमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले अनुसन्धान गर्दै जाने क्रममा रवि प्रसाद रेग्मीले अर्काको नाममा रहेको जग्गा आफ्नो हो भनी पीडितहरुलाई आफ्नो नामको नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा देखाई बैना वापत रकम लिई जग्गा पास गर्नका लागि चाहिने कागजातहरु समेत नक्कली बनाई मालपोत कार्यालयका कर्मचारीहरुसँग समेत आफ्नो राम्रो चिनजान रहेको विश्वास दिलाई पीडितहरुलाई किर्ते जग्गा धनी प्रमाण पुर्जा दिई पीडितहरुबाट रू. १,२१,५०,००० ।– (एक करोड एक्काईस लाख पँचास हजार रुपैया) ठगी गरेको प्रहरीले जनाएको छ ।

    पीडितहरुबाट मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम ठगी गर्न नहुने कसुर अन्तर्गत जाहेरी दरखास्त लिई निज प्रतिवादीलाई कानुन बमोजिम साउन २ गते काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०९ स्थितबाट पक्राउ गरी निजको घरको खानतलासी गर्दा किर्ते कागजातहरु नक्कली जग्गा धनी पुर्जा लगायतका महत्वपूर्ण कागजात, नेपाली रु.८,५०,०००।– (आठ लाख पचास हजार रुपैया ) रकम समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

    लेखापढी व्यवसाय गर्ने पनौती न.पा वडा नं. ०९ बस्ने बर्ष ४५ को राजन थापा र निजकै श्रीमती बर्ष ४२ की सिता कुमारी थापाले किर्ते कागजात बनाउन सहयोग गरेको भन्ने जानकारीको आधारमा लेखनदासको कार्यालयबाट समेत कसुरसँग प्रमाण लाग्ने विभिन्न उपकरणहरु बरामद गरी साउन ३ गते जिल्ला अदालतबाट अभियुक्त रवि प्रसाद रेग्मीलाई म्याद थप अनुमति लिई उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको र घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार