२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

काभ्रेमा ७ लाख १८ हजार गाँजाको बोट नष्ट


२०९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण ५, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेको आयोजनामा जिल्लामा रहेका कार्यालय प्रमुखहरुको बैठक तथा समिक्षा कार्यक्रम आज (विहिबार) सम्पन्न भएको छ ।

    समिक्षा कार्यक्रममा विभिन्न २० जना कार्यालय प्रमुखहरुले कार्यालयले गरेको उपलब्धिको वारेमा जानकारी गराउनु भएको थियो ।

    सोही क्रममा पालिका प्रमुखहरु,जिल्ला प्रहरी प्रमुख, डिभिजन सडक बिभाग,स्वास्थ्य कार्यालय प्रमुख, कृषि सामाग्री कम्पनि कार्यालय, सिंचाई कार्यालय लगाएतको तर्फबाट आ—आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा रहेका सवै कार्यालयहरुले लक्ष पुर्ण गराउने बिषयमा समन्वय गरेर अगाडी बढ्दा सहज हुने बताउनु भयो । जिल्लामा रहेका कार्यालयहरु बर्षमा कम्तिमा दुई पटक अनुगमन गर्ने साथै आवश्यकता अनुसार छड्के ढंगबाट अनुगमन गर्ने बताउनु भयो ।

    प्रजिअ पाण्डेले थप्नुभयो कानुन विपरित कार्य गर्नेहरुलाई स्थानिय तहले पनि कारवाही तथा जरिवाना गर्नुपर्नेमा जोड दिदै भन्नुभयो खोलामा वालुवा झिक्न गएका स्काईभेटरलाई थप कडाई कर्दै कारवाही गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयबाट एक आर्थिक बर्षमा भएका उपलब्धीहरुले फेरीस्ता प्रस्तुत गर्नुभएको थियो ।

    त्यसैगरी जिल्ला प्रहरी कार्याल काभ्रेका प्रमुख चक्रराज जोशीले ७ सय १२ रोपनीमा रहेको ७ लाख १८ हजार गाँजाको वोटहरु नष्टगरेको बताउनु भयो । अवैधरुपमा उत्पादन बिक्रि गर्ने गरेको घरेलु मदिरा ५३ हजार ९ सय ७७ लिटर नष्ट गरेको बताउनु भयो । जान अन्जानमा वाल बिवाहहरु हुने गरेकोले सो कार्यलाई नियन्त्रण गर्नको लागि अभियान चलाउने बताउनु भयो ।

    कार्यक्रममा जिल्लाको नमोबुद्ध नगरपालिलकाको प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल श्रम रोजगार तथा तथा सामाजिक सुरक्षा मन्त्रालयजमा सरुवा हुनु भएकोको फेरी भेटौंला कार्यक्रमको आयोजना गरी सम्मान गर्दै उहाँले काभे्रमा रहेर गरेका राम्रा कार्यको बारेमा चर्चा गरीएको थियो भने जिल्लाका विभिन्न कार्यालयमा सरुवा भई आउनु भएका कर्मचारीहरुलाई स्वागत गरिएको थियो । कर्मचारीहरुलाई स्वागत तथा फेरीभेटौला कार्यक्रमको आयोजना कर्मचारी मिलन केन्द्रले गरेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार