बज्रबाराही । हरियाली साथै बिभिनन सामाजिक कार्यमा निरन्तर अगाडी बढ्दै आएको लवग्रीन नेपाल नामक संस्थाले थाहा नगरपालिकाको वडा नं ६ वृक्षारोपण कार्य गरेको छ ।
थाहा नगरपालिका वडा नं ६ को बाराही मन्दिर परिसर र सेग्रीगेसन हाउसको परिपरी बज्रबाराही बजार व्यवस्थापन समिति र लवग्रीन नेपाल समेत संयुक्तरुपमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
थाहा नगरपालिकाका प्रमुख र उपप्रमुखबाट शुरुवात गरिएको उक्त वृक्षरोपण कार्यक्रममा कपुर, कल्की, पारिजात, पैंयु र धुपी गरी कुल १०० बोट विरुवाहरु रोपिएको छ भने पालुङ्गको सेग्रिगेसन हाउसमा समेत गरी अझै ५० बोट रोप्नका लागि तयारी समेत गरिएको छ ।
लवग्रीन नेपालले थाहा नगरपालिकाको सहकार्यमा संचालन गरिरहेको वातावरण संरक्षणका लागि सामुदायिक फोहरमैला व्यवस्थापन तथा जनचेतना अभिबृद्धि परियोजना अन्तर्गत सो कार्यक्रम गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस