२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

फोटाहरू भाइरल गरिदिन्छु भन्दै वलत्कार


४८६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण ९, सोमबार मा प्रकाशित २ साल अघि
  • रुपन्देहीमा एक युवतीलाई निजी तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गैडहवा गाउँपालिका–९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका–१ का १७ वर्षीया किशोर रहेका छन् ।

    इलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रोई आत्तिएको अवस्थामा शनिबार राति फेला पारेको थियो । ती युवतीलाई सोधपुछ गर्दा ती किशोरले युवतीको विभिन्न फोटाहरू फेसबुकमा राखी भाइरल गरिदिन्छु भन्दै ब्ल्याक मेल गरी शनिबार साँझ भेट्न बोलाएका थिए । उनीहरुले युवतीमाथि यौन सम्पर्क गर्न दिन दबाब दिएको प्रहरीको भनाई छ ।

    किशोरहरूले युवतीलाई यौन सम्पर्क गर्न देऊ अनिमात्र बल्ल तिम्रो फोटाहरू फालिदिन्छौ भनी त्रासमा पारेर जबर्जस्ती करणीको प्रयास गर्दा युवती भागेर आएको भन्ने खुलेको थियो  । सो घटनामा संलग्न उनीहरुलाई प्रहरीले आइतबार सैनामैना नगरपालिका–७ देउवापारबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट युवतीको निजी तस्बिर भएको १ थान मोबाइल बरामद भएको छ । उनीहरू उपर करणीसम्बन्धी कसुर ( जबरजस्ती करणी उद्योग) मा म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार