२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

रोशीमा अध्यक्ष र प्रमुख प्रसाशकीय अधिकृत विच कार्य सम्पादन सम्झौता


३१७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण १८, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा कर्मचारीहरुले अब कार्य सम्पादन सम्झौता अनुसार काम गर्नुपर्ने भएको छ । मंगलबार पालिका अध्यक्ष दिनेश लामा र प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ बीच कार्य सम्पादन सम्झौता भएको छ ।

    १७ वटा बुँदे कार्य सम्पादन सम्झौतामा अध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत तामाङले संझौता गरेका छन् ।संझौता पत्रमा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, कार्यविधि, गाउँपालिकाको नीति, नियमभित्र रहेर प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने कामकाबारेमा उल्लेख गरेको छ । सो क्रममा उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला) को समेत उपस्थिति रहेको थियो ।

    यसैबीच अबको तीनदिन भित्र सबै शाखा प्रमुखहरुसँग पनि प्रमुख प्रशासकीय अधिकृतले कार्य सम्पादन सम्झौता गर्ने छ भने शाखा प्रमुखहरुले आफु अन्तर्गत रहेको कर्मचारीसँग सम्झौता गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

    कर्मचारीले आफ्नो कामको रिपोर्टिङ शाखा प्रमुखलाई, शाखा प्रमुखले प्रमुख प्रशाकीय अधिकृतलाई र प्रमुख प्रशाकीय अधिकृतले पालिका अध्यक्षलाई रिपोर्टिङ गर्ने गरी सम्झौता गरिनेछ । यो सम्झौता चालु आर्थिक वर्षका लागि मात्रै हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार