२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

क्याम्पस प्रमुखका नियुक्ति खारेज गर्न नेविसंघको माग


३३२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण १८, बुधबार मा प्रकाशित २ साल अघि
  • १८ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेका क्याम्पस प्रमुख पदमा गरिएका नियुक्ति खारेज गर्न माग गरेको छ l

    आफूखुसी जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै नेविसंघले नियुक्ति खारेज गर्न माग गरेको हो ।

    संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नु पर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको भन्दै विरोध गरेको छ ।

    संघले नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अलि्टमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी समेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार