२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

करेन्ट लागेर ससूरा–बुहारीको मृत्यु


३०७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण १९, बिहिबार मा प्रकाशित २ साल अघि
  • १८ साउन, सप्तरी । सप्तरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने ससूरा र बुहारी हुन् ।

    जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ६ बस्ने ४० बर्षीय सौदानन्द सरदार र सोही ठाउँकी २१ बर्षीया अन्जली सरदार रहेको प्रहरीले जनाएको छ । सौदानन्द काका ससूरा हुन् भने अन्जली बुहारी रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी रामकुमार यादवले जानकारी दिए ।

    पानी तान्ने मोटर जडान भएको ट्युववेलमा पानी लिन गएकी अन्जलीलाई करेन्ट लागेको थियो । उनलाई छुटाउन जाँदा सौदानन्दलाई पनि करेन्ट लागेको डीएसपी यादवले बताए । करेन्ट लागेका दुबैको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार