२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

समानुपातिकको निर्वाचन कार्यक्रम भदौ ८ देखि


२६१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण २५, बुधबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु गर्ने भएको छ । आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गर्दै राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय तोकेको छ ।

    आयोगले समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले भदौ ८ मा निवेदन दिन सूचना आह्वान गर्नेछ । भदौ १० देखि १२ गतेसम्म दलहरुले निवेदन पेस गर्नुपर्ने हुन्छ । उक्त निवेदन १३ गते आयोगले प्रकाशन गर्नेछ ।

    भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्वाचन कार्यक्रममा उल्लेख छ । त्यस्तै उम्मेदवारको बन्दसूची असोज २२ मा प्रकाशन गर्ने कार्यसूची आयोगले तय गरेको छ ।

    २३ असोजमा प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता गर्ने आयोगको तयारी छ । समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची कात्तिक ९ गते प्रकाशन गर्ने आयोगले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार