काभ्रेपलाञ्चोक । ज्येष्ठ नागरिक‚ प्रसव पीडा सुरुभएको महिलाहरू साथै अपाङ्गता भएकाहरूका लागि पाँचखाल नगरपालिकाले निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
हालै सम्पन्न नगर कार्यपालिकाको निर्णय अनुसार उक्त सुविधा दिन लागिएको हो । जसका कारण जेक्ष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको सम्मान हुने भएको छ भने प्रसव पीडा भोग्दै गरेका महिलाहरूका लागि सहयोग हुने भएको छ ।
त्यसैगरी सर्व साधारण नगरवासीको सुविधाको लागि एम्बुलेन्स भाडा समेत निर्धारण गरिएको छ । जसमा पाँचखाल नगरको सबै वडामा एउटै दर कायम गरिएको छ । पाँचखाल स्वास्थ्य केन्द्रमा आउनु पर्दा ५०० । पाँचखालको कुनैपनि वडाबाट धुलिखेल जानुपर्दा १०००। पाँचखालको जुनसुकै वडाबाट बनेपा जानु परेमा १५००। र पाँचखालको जुनसुकै वडाबाट काठमाडौँ जानु परेमा २५००। एम्बुलेन्स भाडा निर्धारण गरिएको छ ।
कार्यपालिकाको निर्णयले गर्दा प्राथमिक स्वास्थ्य केन्द्र आउन नगरवासीको लागि सहुलियत भएको छ । तर धुलिखेल‚ बनेपा र काठमाडौँ जानको लागि वडा नं १३‚१२‚११‚९‚८‚१ र २ का वासिन्दालाई धेरै सहुलियत भएको छ भने वडा नं ५‚६‚४‚३‚७ र १० लाई खासै सहुलियत देखिन्न -जुन वडा वासिका लागि पाँचखाल भन्दा बाहिरको एम्बुलेन्सकै दर कायम) तर पनि नगरकै एम्बुलेन्स प्रयोग गर्न पाउँदा नगरवासी दर्शित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस