२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

अरिङ्गालले टोक्दा युवकको मृत्यु


२७७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण २८, शनिबार मा प्रकाशित २ साल अघि
  • २८ साउन, तनहुँ । तनहुँमा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका-५ छाङपाटनका ३१ वर्षीय टोप बहादुर कुमालको उपचारका क्रममा शनिबार विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    बिहीबार छाङपाटनस्थित सेती नदी किनारमा सिसौको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।

    उनको तत्काल भिमादस्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखराको गण्डकी अस्पताल पठाइएको थियो ।तर उपचारका क्रममा शनिबार विहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार