काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिकामा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल, (ज्क्ष्क्त्ग्ल्) को अधिवेशन सम्पन्न भएको छ ।
काभ्रेपलाञ्चोक अन्तर्गतको नमोबुध्द नगरपालिकाको नगर अधिवेशनमा हिस्टुन केन्द्रीय सदस्य पर्सुराम कडेल, जिल्ला अध्यक्ष सर्वोत्तम गिरी तथा जिल्ला सचिव कृष्ण प्रसाद सापकोटाको समुपस्थितिमा नमोबुध्द नगरपालिकामा साविक उच्च मा. वि. मा कार्यरत शिक्षकहरूको भेलाबाट पदाधिकारी तथा सदस्यहरु समेत माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (ज्क्ष्क्त्ग्ल्) नगर समिति सर्वसम्मत चयन भएको छ ।
नगर समिति अध्यक्षमा युवराज प्याकुरेल, उपाध्यक्ष हरिहर अधिकारी, महिला उपाध्यक्ष इन्दिरा हुमागाई, सचिव यन्त्रनाथ खनाल, सह–सचिव उध्दव प्रसाद तिमल्सिना, कोषाध्यक्ष रामशरण पराजुली रहेका छन् । त्यसैगरी सदस्यहरुमा आशिश थापा, सुरेश प्रसाद मैनाली, प्रज्ञा भट्टराई रहेका छन् ।
हिस्टुन कक्षा ११ र १२ मा शिक्षण गर्ने सम्पुर्ण शिक्षकहरुको पेशागत हक , अधिकार र स्थायित्वको लडाई गरिरहेको बिशुद्ध पेशागत संगठन हिस्टुनको काभ्रेपलान्चोक जिल्ला अधिबेशन भाद्र १८ हुने जानकारी प्राप्त भएको छ । जिल्ला अधिवेशन अगाबै १३ वटै स्थानिय तहको अधिबेशन सकिसक्ने लक्ष्यका साथ नगर अधिबेशन नमोबुद्धमा सम्पन्न भएको छ ।
साबिक उमाबि तह बिश्वबिध्यालय तहको प्रबिणताप्रमाणपत्र को बिकल्पमा ल्याईएको शैक्षिक तह सबै तहमा स्थाई शिक्षक, प्राध्यापक भएको नेपालको बिध्यालय शिक्षाको महत्पुर्ण तह ११÷१२ मा भने हालसम्म पनि स्थाई शिक्षक नियुक्ति भएका छैनन् । बर्षौदेखि स्रोत र करारमा कार्यरत शिक्षकका भरमा बिध्यालय शिक्षाको उपल्लो तहको यो अबस्थाले सरकार र सरोकारवालाको शिक्षाप्रतीको उदासिनता र बेवास्ता छर्लङ्ग पार्छ ।
प्रतिक्रिया दिनुहोस